बेलायती राजकुमारीको सम्झनामा स्थापित डायना अवार्ड नेपाली चेली कञ्चनलाई


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

बेलायती राजकुमारी डायनाको स्मृतिमा स्थापना गरिएको डायना अवार्ड सामाजिक र मानवीय कार्यका लागि नेपाली चेली कञ्चन अमात्यलाई प्रदान गरिएको छ । अमात्य प्रतिष्ठित डायना अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

सन् १९९९ देखि प्रदान गरिदै आएको यो अवार्ड ९ बर्षदेखि २५ बर्षबीचकालाई प्रदान गरिदै आएको छ । सन् १९९७ मा डायनाको निधनपछि बेलायत र विश्वका युवाहरुलाई प्रेरित गर्न यो अवार्ड प्रदान गरिदै आएको छ । यो अवार्ड बेलायती शाही परिवार, राजकुमार ह्यारी, राजकुमार विलियम लगायतको समर्थन रहेको उक्त अवार्ड डायनाको जन्मदिनको अवशरमा प्रदान गरिदै आएको छ ।

डायना अवार्ड प्राप्त गरेकी कञ्चन अमात्यलाई डायनाको बाल्यकालको घर भ्रमणका लागि समेत विशेष निम्ता दिइएको छ । यो अवार्डले अन्य युवाहरुलाई पनि सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको अवार्डका प्रमुख कार्यकारी टेसी ओजोले बताएका छन् । अमात्यलाई सामाजिक उद्यम, महिला अधिकारको वकालत र गरिबी बिरुद्धका कार्यकर्ताका रुपमा सकृय भएबापत अवार्ड प्रदान गरिएको हो ।

युनए वुमनको महिलाको आर्थिक शशक्तिकरणका लागि विश्वव्यापी च्याम्पियनमा सकृय अमात्य युवा नेतृत्वको सामाजिक उद्यम सस्टेनेवल फिस फामिंग इनिसियटिभकी संस्थापक हुन् । अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै अमात्यले आफू भोकविहिन र अशिक्षाविहिन संसार निर्माणका लागि नयाँ पुस्ताका नेपाली युवालाई सामुदायिक सेवामा लाग्नका लागि प्रेरित गर्न र परिचनालन गर्नमा प्रतिबद्ध रहेको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com