मंगलबार प्रकाश दाहालको ३८औं जन्मजयन्ती मनाइने


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र तथा तत्कालीन नेकपा (माओवादी) का नेता प्रकाश दाहालको ३८औं जन्मजयन्ती मनाइने भएको छ ।

प्रकाश दाहाल प्रतिष्ठानको आयोजनामा काठमाडौंको राष्ट्रिय सभागृहमा जन्मजयन्ती मनाउन लागिएको हो । कार्यक्रम असार १७ गते तय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रचण्डको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपाका नेताहरु अतिथिका रुपमा रहने प्रतिष्ठानले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com