अमेरिकाको बोस्टनमा साकेलाको मैजारो


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

-सुरेश चाम्लिङ्ग

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले विभिन्न राज्यमा यस वर्षको साकेला उभौली सम्पन्न गरी बोस्टन शहरमा अन्तिम समापन गरेको छ । यस कार्यक्रमको प्रमुख अतीथी अर्गनाइजेसनका केन्द्रिय सभापती मुना राई हुनु हुन्थ्यो ।

उहाले प्रमुख अतिथिको आसन बाट बोल्नु हुदै अमेरिकाको आन्ध्र महासागरदेखि प्रशान्त महासागरसम्म किरात राई हरुको भाषा, धर्म तथा संस्कार संस्कृति लाई जीवन्त राख्दै भावी पिढीलाई हस्तान्तरण गर्न हामीले सन् २००७ देखि यो अर्गनाइजेसनको स्थापन गरेको हो भन्नु भयो । किरात राईहरु बिस्वको जुनसुकै ठाउबाट आएर अमेरिकाको बिभिन्न राज्यमा छरिएर रहे बसेको भएता पनी यो अर्गनाइजेसनले हामी एक सुत्रका हौँ भन्ने बिस्वाश राख्दछ ।उहाले थप भन्नु भयो -किरात राई हरुको परिचय र मौलिकता संगै नेपालीपनलाई अमेरिकी परिवेशमा स्थापित गर्न अर्गनाइजेसनले महत्वपूर्ण भूमिका खेलेको छ  ।

अर्का बिसेष अतिथि किरात राई सोसाइटीका सभापती राम राईले शुभ कामना मन्तब्य दिनु हुदै हामी दाजु भाइहरु एक अर्काको दुख,सुखमा सहभागी हुनु पर्दछ । यो नै किराती राई हरुको पहिचान हो भन्नु भयो  । यो साकेलाले जीवनमा सुख शान्ति र सम्व्रिद्दि ल्यावोस भनी शुभ कामना व्यक्त गर्नु भयो  ।

अर्गनाइजेसनका पुर्व सभापति बिष्णु राईले किरात राई हरुको यो चाड संसारको सबै ठाउमा फैलिएको कुरामा गर्व गर्नु हुदै यसको पहिचानको लागि १ न प्रदेश किरात प्रदेश हुनु पर्ने कुरा बताउनु भयो  ।

अन्य शुभ कामना मन्तब्य दिनु हुने हरुमा,ए ए सी सी म्यासाच्युसेट्सका सभापती प्रल्हाद के सी, जी बि एन सी का सभापती अर्जुन जंग कुवर, एन आर एन आइ सी सी मेम्बर तिर्सना काफ्ले शर्मा लगाएत हुनु हुन्थ्यो  ।

अन्य उपस्थित हरुमा फिपना सभापति सुन्दरी गुरुङ, गुरुङ समाज न्युहेम्प्शायरका अध्यक्ष शम्भु गुरुङ,एन आर बोस्टनका सभापती प्रेम तामांग,तमु समाज बोस्टनका सभापती मीन गुरुङ,गुरुङ समाज बोस्टनका सभापती प्रकाश गुरुङ,पशुपति बुद्द फाउन्डेसनका सभापती बिष्णु मणी आचार्य, एन आर एन एन सी सी बोर्ड डाइरेक्टर छत्र गुरुङ ,आइ एन एल एस म्यासाच्युसेट्स च्याप्टरका सभापती यम पौडेल ,एन आर एन न्यु हेम्प्शायर सभापती डम्बर कडरिया,मगर समाज बोस्टन सभापती सरिना राना ,एन एच एन सी पुर्व सभापती मीन गौतम,लायन्स क्लब न्युहेम्प्शायरका सभापती उमेश कोइराला,जात्रा नेपालका सभापती मिलन बस्नेत लगाएत हुनु हुन्थ्यो  ।

सभापती मिलन बस्नेतको तर्फबाट कार्यक्रमको लागि सोडा पानी उपलब्ध गराई सहयोग गर्नु भएको थियो/उक्त कार्यक्रममा नवान्तुक राई हरुलाई स्वागत गरिएको थियो भने यो वर्ष कलेज तथा हाइ स्कुल ग्राजुएशन गर्ने हरुलाई खादा ओढाई ट्रफी प्रदान गरिएको थियो/उक्त कार्यक्रम नक्छुंग पदम बहादुर राईबाट पुजा आजा गरी शुरु गरिएको थियो । जय राईले पिपिरी धुन र सोङ्ग गेर्वा कुलुङ्गले नृत्य गर्नु भएको थियो ।

अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टरबाट साकेला नाच शुरु गरिएको थियो भने अन्त्यमा सम्पूर्ण सहभागीको गोलो घेरामा ढोल झ्याम्टा बजाएर साकेला नाच गरिएको थियो  । स्वागत भासन अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड उप सभापति कर्ण राईले गर्नु भएको थियो  । सभाका संचालन न्यु इंग्ल्याण्ड महासचिव शेखर राई र पुर्व उपसभापति अनिता राईले संयुक्त रुपमा गर्नु भएको थियो ।

अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको बिसर्जन गर्नु हुदै उहाले सम्पूर्ण सहभागी तथा कार्यक्रम सफल बनाउनु हुने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com