संसद्ले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसदले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा अलगअलग व्यवस्था भएकाले अन्योल बढेको छ ।

सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम हटाउन डा. गोविन्द केसीले माग गर्दै आएका थिए । सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो । तर, विद्येयक पारित हुँदा क्रमशः फेजआउट गर्ने वा स्तरोन्नति गर्ने उल्लेख थियो ।

सरकारले धोका दिएको भन्दै डा. केसी अनशनमा बसेका थिए । उनी अनशनमै बसेका बेला सरकारले पूर्वसम्झौताविपरीत विधेयक संसदबाट पारित पनि भएको थियो । तर, राष्ट्रपतिबाट प्रमाणित ऐनमा भने डा. केसीकै माग सम्बोधन हुने व्यवस्था आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com