९ वर्ष लगाएर निमार्ण गरिएको पुल,ढलान गर्दागर्दै भत्कियो


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।

स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन् ।

पाँच करोड ८७ लाखमा मैनाचुली र लामा निर्माण कम्पनीले ठेक्का पाएको पुलको चारपटकको म्याद थपिएको थियो । अब एक वर्ष फेरि थपिने पक्का भएको छ । निर्माण कम्पनी मैनाचुलीका सञ्चालक मदन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका व्यक्ति मानिन्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com