आरुबोटे हत्याकाण्डः ‘सबैलाई मारेर मर्छु भन्थे’


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु ’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

‘घटनाको एक महिनाअघि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा माधव घिमिरे र लीलाबल्लभ घिमिरेले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com