अदालतका कर्मचारी कार्यालयमै मृत भेटिए


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । अस्थायी करार सेवामा उनी २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए ।

अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यलयमा बस्ने दाहाल दिउँसो सुत्ने गरेका थिए । उनी दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका हुन् । अदालतको कर्मचारी आवास गृहमा शुक्रबार अपहन्न दाहाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com