पशुपतिनाथको जमिनमै बन्यो चर्च !


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

पशुपतिनाथ जग्गाधनी । मोही व्यक्ति । जग्गा प्रयोगचाहिँ चर्चका लागि । कुत बुझाउनुपर्ने क्रिश्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत पशुपतिनाथलाई बर्सेनि कुत बुझाउँछ क्रिश्चियन समुदायको संस्थाले । काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ ।

दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ। ‘यो हिन्दु धर्म लोप गराउने षडयन्त्र हो,’ पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु हुँदैन। यो कानुनविपरीत छ।’

एक धर्मको क्षेत्रको जमिनमा अर्काे धर्म वा सम्प्रदायले संरचना बनाउनु कानुनविपरीत हुन्छ। सर्वाेच्च अदालतको नजिरअनुसार पनि एक धर्मको स्वामित्वमा भएको जमिनमा अन्य धर्मले प्रयोग गर्न पाउँदैन। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com