शुक्रबार र शनिबार देशभर भिटामिन ए र जुकाको औषधि खुवाईने


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

दोश्रो चरण अन्तरगत​को राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिना देखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ​ ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ए कार्यक्रम सहजीकरण गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।पहिलो चरण अन्तर्गत यसअघि भिटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ​ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com