अष्ट्रेलिया आउँदा ल्याउने सामानमा कडाइ, इमिग्रेसन क्लियरेन्समै भिसा रद्द हुनसक्ने


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

अष्ट्रेलिया सरकारले इमिग्रेसन सम्बन्धि अधिकारिहरुलाई इमिग्रेसन क्लियरेन्समै भिसा क्यान्सल गर्न सक्ने अधिकार दिएको छ ।

अष्ट्रेलिया आउँदा विद्यार्थी लगायत अष्ट्रेलिया बसोवास गर्न आउनेले समेत विभिन्न सामानहरु ल्याउने गर्छन् । अष्ट्रेलिया आउने व्यक्तिले खानेकुरा ल्याउँदा समेत वातावरणमैत्री र स्वस्थ हुनुपर्छ । यदि खानेकुरा वातावरणमैत्री छैन भने इमिग्रेसन क्लियरेन्समै भिसा रद्द हुन सक्नेछ ।
अप्रिल १७ देखि यो नियम लागु हुने बताइएको छ ।

यस नियम अनुसार, अब अष्ट्रेलिया आउँदा आफूले ल्याएको सामान बारे इमिग्रेसन क्लियरेन्समा प्रष्ट बताउन नसकेमा र त्यो यहाँको नियम भन्दा विपरित भएमा इमिग्रेसन क्लियरेन्सका अधिकारिहरुले नै कारबाही अगाडी बढाउनेछन् । यस्तो अवस्थामा अधिकारिहरुले पोइन्ट कम गरिदिने, भिसा रद्द गरिदिने या तीन वर्ष पछि मात्र अष्ट्रेलियाको भिसा दिने भन्ने निर्णय दिनेछन् ।

भारतकी निकिता नाम गरेकी विद्यार्थीले आफ्नो झोलामा कुखुराको मासुको अचार ल्याएकी थिइन् । Declaration फारम भर्न समेत उनी अलमल परिन् । त्यहाँका अधिकारिहरुले उनको झोला र संगै फारम जांच गर्न थाले र त्यही समयमा उक्त कुखुराको मासुको अचार भेटे । त्यसपछि निकितालाई त्यहीं एयरपोर्टमै सोधपुछ भयो । पछि त्यहाँका अधिकारिहरुले biosecurity scan गरेपछि मात्र उनलाई जान दिएका थिए । तर अबको नयाँ नियम लागु हुने भएपछि यस्तो अवस्थामा अझ अप्ठ्यारो परिस्थिति भोग्नुपर्ने हुन्छ । त्यसैले अष्ट्रेलिया ल्याउँदा आफूले ल्याउने सामान र यहाँको नियम सम्बन्धि प्रष्ट जानकार हुनु राम्रो हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com