विदेशमा मृत्यु भएका नेपाली कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो ।

साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रि«य विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ ।

यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ ।

विदेशमा कागजी प्रक्रिया पुगेको मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेको मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले लेखेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com