प्रहरी महानिरीक्षक खनालबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएका राईलाई दर्ज्यानी चिन्ह प्रदान


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका टेकप्रसाद राईलाई आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित कार्यक्रममा राईलाई दर्ज्यानी चिन्ह प्रदानगर्नु भएको हो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मुल्याङ्कन गर्ने चर्चा गर्दै थपिएको जिम्मेवारी पुरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक राई संयुक्त राष्ट्र संघीय मिसन, फर्म पुलिस युनिट सुडानमा कार्यरत रही हालै स्वदेश फर्किनुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com