युवकको हत्या भएको अवस्थामा शव फेला, साथी फरार


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

काठमाडौंको बाफलमा बेवारिसे युवकको हत्या भएको अवस्थामा फेला परेको छ ।

तराई मुलको जस्तो देखिने अन्दाजी २५ वर्षको पुरुषको हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे ।

उनी आफू जस्तै दुई तीन जना व्यक्तिको समूहमा बस्ने गरेको प्रहरीको भनाई छ । प्रहरीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका छन् । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com