अविवाहित महिलालाई मासिक एक हजार भत्ता
प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार
पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए।
३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो। पति बेपत्ता भएका महिलालाई पनि भत्ता १५ वर्षदेखि पति बेपत्ता भएका महिलालाई पनि नगरपालिकाले भत्ता दिने गरेको छ।
अविवाहित महिलालाई पनि एकल महिलाकै सूचीमा राखेर भत्ता दिने गरिएको बञ्जराले बताए। एकल महिलाको सूचीमा ३५ वर्ष पूरा भएका अविवाहित महिला, एकल, पति बेपत्ता भएका र सम्बन्ध विच्छेद गरेका महिलालाई राखिएको छ। पनौती नगरपालिकाभित्र ३५ वर्ष उमेर पूरा भएका अविवाहित महिलाको संख्या १०१ छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।