एसईईको प्रश्‍नपत्र बाहिरिने क्रम जारि – प्रदेश २ को सामाजिक विषयको परीक्षा रद्ध


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

जारी एसईई अन्तर्गत प्रदेश २ मा ‘अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्‍नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टि भएको छ। शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्मा प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् । प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आजको परीक्षा स्थगित गरिएको शर्माले जानकारी दिए ।

आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको उनले बताए। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख प्रमुख शंकरराज लुईँटेलले पनि प्रश्नपत्र बाहिरिएकाले सामाजिकको परीक्षा संचालन नभएको तर प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रुपमा भैरहेको जानकारी दिए।

परीक्षा रद्द भएपछि विद्यार्थी र अभिभावकहरु मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com