न्यूयोर्कमा ह्याप्पी होली धमाका


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा मधेसी एशोसियशन अमेरिकाले ‘ह्याप्पी होली धमाका’ कार्यक्रम गरेको छ । न्यूयोर्क, न्यूजर्सी च्याप्टरको संयुक्त आयोजनामा आइतवार सदभावको पर्वका रुपमा मनाइने होलीको बिशेष कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्यदुत पुष्पराज भटराई, न्यूयोर्क राज्य एसेम्ली उमन क्याटलिन कु्ज, काउन्सील म्यान कोष्टा कोन्स्टानटिनिडेज, कम्यूनीटी नेता जोय चौधरी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, महासचिव बिआर लामा, एनआरएनए अमेरिका न्यूर्योक च्याप्टर अध्यक्ष रामहरी अधिकारी, फिप्नका महासचिव प्रेम गुरुङ लगायतको उपस्थिति रहेको एशोसियशन न्यूयोर्क च्याटर अध्यक्ष मनोज सिंहले जानकारी दिएका छन् ।

आफ्नो संस्कृतिलाई संरक्षण गर्न र प्रवासमा रहेका नेपालीहरुका बीचमा भाईचारा कायम राख्नका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सल्लाहकार तथा संस्थापक उपाध्यक्ष अमित शाहले जानकारी दिएका छन् । कार्यक्रममा न्यूयोर्क तथा न्यूजर्सी राज्यमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com