जापानको नयाँ भिसा योजनामा ढिलासुस्ति


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

अप्रिल १ देखि कार्यान्वयनमा ल्याइने भनिएको दुई नयाँ प्रकारका भिसा क्याटागोरीको सम्पूर्ण तयारी कहिले पुरा हुन्छ भन्नेबारे केन्द्रिय सरकार नै स्पष्ट नरहेको बताइएको छ । अप्रिल १ अघि यसबारेको तयारी पुरा हुन नसक्ने पनि प्रधानमन्त्री कार्यालयमा सम्बन्धित संस्थाका अधिकारीसँगको बैठकमा भनिएको योमिउरी सिन्बुनले आफ्नो अनलाइन संस्करण दि जापान टाइम्समा लेखेको छ ।

चीन र अन्य सात राष्ट्रसँग सहकार्यको विषय निर्णायक विन्दुमा पुग्न केही ढीलो हुने भएको हो । डेपुटी प्रमुख संसदीय सचिव काजुहिरोले सहभागिलाई जापानलाई नयाँ सिष्टम सञ्चालन गर्न कुनै बाधा नआओस् भन्नका लागि तयारी पुरा गर्न आग्रह गरेका छन् । विशिष्ट कौशल भएका विदेशी कामदारलाई दुई ओटा प्रकारका भिसा अन्तर्गत जापान ल्याउने सरकारको तयारी छ । जापानमा कामदारको चरम अभाव हुन थालेपछि यसको सामना गर्न विदेशी कामदार भित्राउने निर्णय भएको हो । यस भिसा अन्तर्गत आगामी पाँच वर्षभित्र जापानमा ३ लाख ४० हजारको संख्यामा विदेशी कामदार जापान आउने अनुमान गरिएको छ ।

यसले चिकित्सक, वकिल र शिक्षक, प्राविधिक जस्ता उच्च कौशल र व्यावसायिक ज्ञान भएकालाई मात्रै भिसा दिने जापानको नीतिमा गरिएको प्रमुख परिवर्तनलाई झल्काएको छ । विदेशी कामदारलाई आवश्यक पर्ने जापानी भाषाको पहिलो चरणको आवेदन मनिलामा अप्रिल १३ र १४ गते आयोजना गरिने बैठकमा सहभागि विदेश मन्त्रालयका अधिघकारीले जानकारी दिए । जापानको जीवन र कामबारेको निर्देशिका जापानी र अंग्रेजी दुवै भर्सनमा अप्रिलदेखि अनलाइन पोष्ट गरिने सहभागिहरुले बताए ।

यद्यपि सरकारले नयाँ भिसा प्रणालीबारेको सहकार्यमा अन्य राष्ट्रसँग केही कठिनाइको सामना गर्नु परेको छ । यो महीनाको अन्त्यसम्म जापानले भियतनाम, कम्बोडिया, चीन, इण्डोनेशिया, थाइल्याण्ड, म्यानमार, नेपाल र मंगोलियासँग सम्झौता पुरा गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म उसले फिलिपिन्ससँग मात्रै सम्झौता निश्कर्षमा पुगेको छ । साथै नयाँ भिसा अन्तर्गत काम गर्ने विदेशी नागरिकका लागि विदेशी भाषाको सामग्री निर्माण गर्ने कार्यमा पनि ढीलाई आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com