हामी मगन्ते पुर्खाका सन्तान होईनौ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा सरकारी स्तरको मेडीकल कलेज बन्ने निश्चित भएको छ । बिभिन्न शंका र आंकलनका बिच आज एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले कलेजको पुर्वाधार निर्माण बिकास परियोजना कार्यालयको उदघाटन गर्नुभए पछि मेडिकल कलेज बन्ने निश्चित भएको हो ।

शुक्रबार एक कार्यक्रमका विच प्रधामन्त्री ओलीले बुटवल मेडिकल कलेज परियोजना कायान्वयन एकाईको कार्यालय संगै परियोजानको शुभारम्भ गर्नुभएको छ । सुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब उपचारको अभावका कुनै पनि व्यक्तिले ज्यान गुमाउनुपर्ने दिन गएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपाल मगन्ते देश नभएको बताउंदै नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताउनुभयो । उहांले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गर्नुभयो ।

सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले भनाई थियोे ।
कार्यक्रममा बोल्दै पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संसाद विष्णु प्रसाद पौडेलले प्रधानमन्त्रीबाट उद्घाटन भएको कार्यालय र मेडिकल परियोजना प्रधानमन्त्रीकै कार्यकालमा पुरा हुने धारणा राख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडेल अर्थमन्त्री हुंदा प्रत्यक प्रदेशमा एक एक वटा सरकारी मेडिकल कलेज बनाउन भन्दै अध्ययन गर्न बजेट बिनियोजन भएको थियो । कलेजका लागि जग्गा तथा सम्भाब्यता अध्ययन गर्न सरोज ओझाको संयोजकत्वमा एक समिती समेत बनेको थियो । सोहि समितीको सिफारिसका आधारमा शंकरनगरको बन क्षेत्रको २ सय बिगाहा जग्गामा मेडिकल कलेज बन्ने तयारी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com