मुस्ताङमा सैन्य अभ्यास गर्दै अमेरिकी सेना
प्रकाशित मिति : माघ २८, २०७५ सोमबार
मुस्ताङका उच्च हिमाली क्षेत्रमा नेपाली सेना र अमेरिकी सेनाको विशेष फौज संयुक्त सैन्य अभ्यास जारी छ।
भारी हिमपातका बीच दुई देशका सेनाको ४८ सदस्यीय टोलीको संयुक्त सैन्य अभ्यास भइरहेको हो।
नेपाली सेनाले उच्चहिमाली क्षेत्रमा मानवीय उद्दारका कार्यको अभ्यासका लागि दुई देशका सेनाको संयुक्त अभ्यास गरिएको जनाएको छ। १५ वर्षदेखि हरेक वर्ष नियमित रुपमा हुने सैन्य अभ्यास यसपटक हिमपातका बीच पनि जारी रहेको छ ।
यसपटकको अभ्यासमा अमेरिकाको युएस इन्डो प्यासिफिक कमान्डका ७ र नेपाली सेनाका ४१ अधिकारी अभ्यासमा छन्। नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट र हिमाली युद्धकला विद्यालयको अभ्यासमा सहभागिता छ।
फोटो : अमेरिकी दूतावास, काठमाडौं ।