मंगलबार १३ देशका टीपीएसवाहक डिसीमा, अधिकारको नेतृत्वमा २५० बढी नेपाली


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

आगामी मंगलबार वासिंटन डीसीमा विश्वका १३ देशका टीपीएस वाहक र समर्थकहरु टीपीएसको स्थायी समाधानको माग गर्दै प्रदर्शनमा उत्रने भएका छन् । अमेरिकी संसदलाई टीपीएसवाहकका लागि स्थायी संरक्षणका लागि कदम चाल्न आग्रह गर्दै उनीहरु प्रदर्शनमा उत्रने भएका हुन् ।

द नेशनल टीपीएस एलायन्सको नेतृत्वमा हुने उक्त प्रदर्शनमा हजारौंको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपाली र नेपालीभाषी आप्रवासीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारको नेतृत्वमा साढे २ सयभन्दा बढी टीपीएसवाहक र समर्थकहरु सहभागी हुने अधिकारले जनाएको छ ।

नेपालको टीपीएस अवधि आगामी जुन २४ मा समाप्त हुँदैछ । अमेरिकी सरकारले प्रदान गरेको टीपीएस सुविधाबाट हाल झण्डै ९ हजार नेपालीहरु लाभान्वित भइरहेका छन् । टीपीएसको अवधि समाप्त भएपछि हजारौंले अमेरिकाबाट देशनिकालाको सामना गर्नेसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com