सम्बन्धका परम्परागत मान्यता पुन : परिभाषित गर्न लेक्स लिम्बुको समलिंगी फोटोशुट


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

सम्बन्धलाई देखाउने फोटोशुटहरुमा प्राय केटा र केटी मोडलहरुलाई प्रस्तुत गरिदै आएको सन्दर्भमा बेलायत निवासी नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले फोटोशुटमार्फत समलिंगी सम्बन्धलाई देखाउन खोजेका छन् । लेक्सलाई साथ दिएका छन् मोडल कार्तिक क्षेत्रीले ।

माया, प्रेम र सम्बन्ध दर्शाउन विपरित लिंगीबीचका तस्वीर र भिडियोहरु निर्माण गर्ने प्रचलन विश्वमा तोडिदै गरेको सन्दर्भमा लेक्स लिम्बुले नेपालीहरुका सन्दर्भमा यसको औपचारिक सुरुवात गरेका हुन् ।

उनका तस्वीरहरु नेपालमा मुलधारका मिडियाहरु काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, पार्टी नेपाल पत्रिका लगायतमा प्रकाशित भएका थिए भने सामाजिक सञ्जालमार्फत लाखौंमाझ पुगेका थिए ।

फरबरीलाई बेलायतमा एलजीबीटी इतिहास महिनाका रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा लिम्बुले थप तस्वीरहरु सार्वजनिक गरेका छन् । आफ्ना यी तस्वीहरु शैक्षिक प्रयोजनका लागि निशुल्क प्रयोग गर्न सकिने लिम्बुले जनाएका छन् ।

पछिल्लो चरणमा नेपालमा चलचित्र र म्युजिक भिडियोहरुमा पनि समलिंगी सम्बन्धलाई देखाउन थालिएको छ । हालै यस्तै एउटा भिडियोमा लेक्स लिम्बु आफैले पनि अभिनय गरेका थिए ।

थप तस्वीर र यसबारे लेक्स लिम्बुको अनुभव पढ्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com