भारतमा प्रस्तुत चुनावि बजेटमा नेपाललाई भारु ७ अर्ब अनुदान


प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

भारत सरकारले यही वर्ष हुन लागेको चुनावलाई लक्षित गरेर आर्थिक वर्ष सन् २०१९२० को बजेट ल्याएको छ । अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि त्यहाँका अर्थमन्त्री पियूष गोयलले शुक्रबार लोकसभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

बजेटले भारतका किसान, कामदार तथा जागिरदारलगायतको मध्यम वर्गलाई ठूला सुविधा घोषणा गरेको छ ।

अर्थमन्त्री अरुण जेट्ली उपचारका लागि अमेरिकामा रहेकाले अर्थमन्त्रीको जिम्मेवारीमा रहेका गोयलले बजेट प्रस्तुत गरेका हुन् ।

नेपाललाई ७ अर्ब भारु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले नेपाललाई ७ अर्ब भारु अनुदान दिने घोषणा गरेको छ । सन् २०१७ मा ३ अर्ब ७६ करोड ६१ लाख भारु र २०१८ मा ७ अर्ब ५० करोड भारु नेपाललाई सहयोग गरेको थियो । सन् २०१९ का लागि ७ अर्ब भारु विनियोजन भएको छ ।

यो भारतको विदेश मन्त्रालयान्तर्गत केन्द्रीय तहका परियोजनाका लागि भनेर विनियोजन भएको रकम हो ।

यो शीर्षकमा सबैभन्दा बढी भुटानलाई २६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । दोस्रोमा नेपाल छ भने तेस्रो स्थानमा रहेको माल्दिभ्सले ५ अर्ब ७५ करोड भारु पाउँदै छ ।यो समाचार आजको नयापत्रिकामा छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com