हिमतुफानमा बेपत्ता भएका दाजुभाइमध्ये भाइ मृत फेला
प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार
सोमबारदेखि लगातार परेको हिउँका कारण जुम्लामा एकको मृत्यु भएको छ । हिमतसफानमा परी दुई जना बेपत्ता भएपछि एक मृत अवस्थामा फेला परेका हुन् । जुम्ला जिल्लाको सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिँउ परेको ठाँउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
मृत्यु भएका बुढा आफ्ना दाईसँग पटमाराबाट राडीपाखी बेचविखन गर्न गाउँ जोडु जानेक्रममा नाकुल्ली लेकको हिमतुफानमा परेका थिए ।
तीव्र हिमतुफानका कारण दुबै भाई बेपत्ता भएका थिए । खोजीका क्रममा दाई घाइते अवस्थामा फेला परेका थिए भने मृत बुढा दुई फिट भन्दा बढी हिउँ परेको ठाँउबाट मृत अवस्थामा फेला पारिएका हुन् ।






