काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बर्षा


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न ठाउँमा मंगलबार रातिदेखि नै पानी परेको छ । काठमाडौँ उपत्यकामा अहिले पनि पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेकाले देशभर बलदी भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पश्चिमी क्षेत्रमा सोमबारदेखि नै प्रभाव थियो र पानी परेको थियो । मंगलबार राति पानी पर्ने प्रणालीको प्रभाव मध्य क्षेत्रमा परेको हो । अहिले पूर्वसम्म पनि पुग्दैछ । पूर्वमा अहिले मौसम बदली छ र दिउँसो पानी पर्ने देखिएको छ ।’

यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । काठमाडौँ उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसमविद श्रेष्ठले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगातार र ठूलो पानी नपरे पनि मध्यमस्तरको पानी पर्ने र रोकिने क्रम जारी हुने मौसमविदले बताएका छन् । उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com