चाउचाउका बिस्कुटका खोल सडकमा जथाभावी फाल्नेमाथि महानगरको निगरानी, अटेर गरे ५० हजार जरिवाना


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

काठमाडौं महानगरपालिकाले जथाभावी चकलेट ,बिस्कुट, चाउचाउ, आदिको खोल फाल्नेलाई निगरानी राख्दै जरिवाना लगाउने भएको छ । महानगरलाई स्वच्छ सफा बनाउने अभियानस्वरुप अब सार्बजनिक स्थानमा बिस्कुट, चाउचाउ, पानपराग, गुट्खा आदिका खोल फ्याँक्नेलाई महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन बमोजिम ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।

महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ ।यसकालागि लागि महानगरपालिकाले शहरका विभिन्न स्थानमा स्मार्ट डस्टबिन राख्न शुरु गरेको छ ।

महानगरपालिकाले तोकिएको स्थानमा तोकिएको समयमा राखेको नपाइेमा अनुगमन नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ ।

महनगरका एक अधिकारीका अनुसार शहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com