प्रचण्डपत्नी सीता अस्पताल भर्ना


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनलाई आज बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि अस्पतालमा भर्ना गरिएको  हो ।

उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ ।

सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । यस अघि उनको   सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com