प्रहरी संगठनको अधोगतिमा आफ्नो प्रगति खोज्नेहरु


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

– राधाकृष्ण देउजा

थाहा छैन किन र कसको योजना चाहनामा हो कुन्नी पछिल्लो केहि समय देखि नेपाल प्रहरीको तमाम सकारात्मक कामहरुलाइ ओझेलमा परेर कुनै अमुक मुद्दाको अनुसन्धानमा भैरहेको ढिलाई अनि केहि सिमित प्रहरीको गैरव्यवसायिक गतिविधिलाइ चर्चामा ल्याएर सिंगो प्रहरी संगठन र त्यसको नेतृत्वलाइ हिलो छ्याप्ने काम भैरहेको छ । त्यसभन्दा पनि महत्वपूर्ण र डर लाग्दो कुरो त त्यही नियोजितरप्रायोजित दुष्प्रचारको जगमा प्रहरीको नेतृत्व फेरिन सक्ने आधार देख्दै नेतृत्वमा पुग्ने सपना देखिएको कुरो पनि चर्चामा छ ।

कुनै पनि राजकीय निकायहरुमा कार्यरत सदस्य देखि नेतृत्वकर्तासम्मले जिम्मेवारी अनुसारको भूमिका नगर्दा वा गर्नु पर्ने भन्दा फरक गर्दा त्यस्ता जोसुकैलाइ वर्खास्त गरिनु स्वाभाविक र सामान्यनै मानिन्छ । तर यदी कसैले कसैलाइ कुनै पदमा देख्न नसकेको र नचाहेको वा कसैलाइ कुनै पदमा पुग्न मन लागेकै कारण तथ्यलाइ तोडमरोड़ र अपव्याख्या गर्ने काम हुन थाल्छ भने त्यसले राम्रो संकेत गर्दैन ।

कुनै पनि संगठनलाइ कम्जोर पार्नु पर्यो भने सवै भन्दा पहिला त्यसको नेतृत्वलाइ कम्जोर पार्नु अनिवार्य हुन्छ र त्यसको निम्ती त्यही संगठनका लालची , पदलोलुप र नेतृत्वसंग असन्तुष्टहरुको प्रयोग पनि अनिवार्य हुन्छ । अनि संगठन कम्जोर हुँदा स्वाभाविक रुपमा फाइदा संगठनको हित नचाहने तत्वलाइ नै हुन्छ , त्यसको आधारमा भन्ने हो भने नेपाल प्रहरी कम्जोर हुँदा त्यसको लाभ कसलाई हुन्छ रु स्वाभाविक छ त्यसो हुँदा तस्कर , अपराधी, विचौलिया र ठेकेदारहरुलाइ नै लाभ हुने हो । अहिले केहि अमुक घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षित समयमा सफलता पाउन नसकेकै आधारमा सिंगो प्रहरी संगठन र यसको नेतृत्वलाई अकर्मण्य देखाएर गरिएको कुप्रचारले ठ्याक्कै त्यही गरेको छ जे नहुनुपर्थ्यो ।

त्यसै कारणले गर्दा हो आज दिपक मनाङ्गेहरु सार्वजनिक संचार माध्यमबाट प्रहरीको विश्वसनीयता र व्यवसायिकता माथि चुनौती दिरहेका छन भने राजनीतिक शक्तीकेन्द्रसंग चिनजान रहेकाहरु प्रहरीका लालचीहरुलाइ बिभिन्न प्रलोभन र आश्वासन सहित सम्पर्क गरिमात्रै रहेका छैनन, उनिहरुलाइ आफ्नो वरिपरी घुमाइरहेका छन । यद्धपि यो र यस्ता प्रवृति प्रहरी संगठनको निम्ती नया भने विल्कुल हैन ि विगतमा पनि पटक पटक भैरहेको आइजीपीलाइ वदनाम बनाउँदै आफ्नो कुण्ठालाइ शान्त पार्ने काम हुने गरेकै थिए। त्यही नियोजित वदनामीकै जगमा आफ्नो पदीय आकाँक्षा पुरा गराउन सकिन्छ कि भन्ने कोशिसहरु पटक पटक नभएका पनि हैनन, भएकै हुन । भलै अक्सर त्यस्ता कोशिसहरु पानीको फोका सावित हुँदै आएका पनि छन । तर परिणाम जे जस्तो हुँदा पनि त्यस्ता दुष्प्रयासहरुको सेरोफेरोमा प्रहरी मजबुतीकरणको सपनाहरुको भने हत्या भैरह्यो , प्रहरी हुनुपर्ने जस्तो वलियो हुन नपाउने यथार्थता भने दोहोरिनै रह्यो ।

अहिले पछिल्लो समयमा निरन्तर चलेका दृश्य अदृश्य खेलहरुले पनि अरु ठोस केहि गर्न सक्छ भन्ने त मान्न सकिन्न तर प्रहरी सवलिकरणको अपेक्षा र त्यस अनुसारको कोशिसलाइ कम्जोर चाहिं बनाउने खतरा देखिएको छ । कतिपयले प्रहरी सफलताको तथ्यहरुलाइ नजरअन्दाज गर्दै चलाइएको यस अफवाहको जगमा कोहि आइजीपी हुने वा बनाइने सपना देखेका होलान । कतिपयले त्यस्तो गर्न आफुले भूमिका खेल्न सक्ने दावी पनि गरेका होलान तर त्यस्ता सपना र दावीहरु विगतका कतिपय कालखण्डहरुमा जस्तै अहिले पनि पानीको फोकोनै हुने पक्का जस्तै छ ियद्धपि नेतृत्व परिवर्तनको सपनामा कुनै तुक नभएपनि त्यस्तो होला कि भनेर चलाइएका हल्लाहरुले अन्योल र त्यस्तो गर्नलाइ सहयोग होला कि भनेर प्रस्तुत कथित आधारहरुले आम जनतामा भ्रम जरुर पार्ने छ , र त्यसको असर प्रहरी संगठनलाइ दृघकालसम्म पर्ने देखिन्छ ।

तसर्थ प्रहरी कम्जोर हुँदा कोहि वलियो हुदैनन भन्ने सत्यलाइ मनन गर्दै प्रहरीको विरुद्ध चलाइएको भ्रमपूर्ण अफवाहलाइ रोक्न नसकिए पनि प्रहरी सफलताका तथ्यगत कुराहरुलाइ वाहिर ल्याउन सम्पूर्णको भूमिका हुनुपर्ने देखिन्छ िहो निर्मला पन्त वलात्कार लगायत केहि घटनामा प्रहरीको स्थानीय भूमिका राम्रो भएन, जसको कारण अपराधी पहिचान अपेक्षा भन्दा ढिला हुन गएको छ , तर प्रहरीले लत्तो छोडेको छैन । स्वाभाविक छ कि प्रहरी अनुसन्धानको परिणाम कहिले केहि घण्टामा आउँछ त कहिले महिना र वर्षहरु लाग्न सक्छन तर प्रहरी सुतेर बस्दैन, आफ्नो काम गरिरहन्छ , त्यसैले अपराधीहरु अपराध गरेको वर्षौं पछाडी पनि पक्राउ पर्ने गरेका छन , पक्राउ परिरहेका छन । त्यति मात्रै हैन प्रहरीको अनुसन्धानलाइ अन्यथा मोड्नेहरु उपर कडा कारवाही पनि भएको छ , हुने गरेको पनि छ । तर यहाँ त , प्रहरीले सफलता पुर्वक र शिघ्र अनुसन्धान सम्पन्न गरेको घटनाहरुको कुनै चर्चा नगर्ने तर अनुसन्धान सफल हुन नसकेको कुनै अमुक घटनाको चर्चा परिचर्चा गरिरहने र त्यसैको आधारमा सिंगो प्रहरी संगठनलाइ अकर्मण्य र नेतृत्वलाइ असक्षम ठहर गराउने शैली देखिएको छ , जुन सवैको निम्ती घातक छ ।

न्यून तलव र सुविधा , साधन स्रोत र उपकरण अभावका विचमा पनि प्रहरीले दैनिक बिभिन्न अपराधमा संलग्न अपराधीलाइ समातिरहेको छ , अपराधमा संलग्न वा सहयोगी प्रहरी नै हुँदा पनि त्यसलाई बचाउने हैन बरु तिनलाई कडा कारवाही हुँदै आएको छ । त्यति मात्रै नभएर आफ्नो जिउ ज्यान दाउमा राखेर पनि नेपाल प्रहरी जनताको आपत विपदमा जनताको भरपर्दो सारथि बनिरहेको छ । हरेक दिन वलात्कारी , तस्कर , गुण्डा अनि कालावाजारीहरु पक्राउ परिरहेका छन । यही सत्य हो अनि यो सत्य हो भने यस्तो प्रशंसनीय र वाहदुरीपूर्ण काम गर्ने प्रहरीको अभिभावक प्रहरी महानिरिक्षेकले आफुले गर्नु पर्ने र गर्न सक्ने काम निष्ठापुर्वक गरिरहेको पनि सत्य नै हुन आउँछ ।

सायद त्यही सत्य बुझेकोले हुनुपर्छ सम्माननीय प्रधानमन्त्री केपी ओली जसलाई प्रहरी संगठन राम्रो संग बुझेको नेता मात्रै नभएर इतिहासकै सफल र सम्मानित गृहमन्त्रीको रुपमा स्मरण गरिन्छ, सदैव प्रहरीको भूमिकाको तारिफ गर्नु हुन्छ, केहि घटनाको अनुसन्धान आशातित छिटो हुन नसकेको सत्यलाइ स्वीकार्दै गर्दा पनि वहाँ प्रहरीको निष्ठा र समग्रता प्रहरीले देखाइरहेको व्यवसायिकताको खुलेर तारिफ गर्नु हुन्छ । सत्य र तथ्यमा आधारित रहेर प्रधानमन्त्रीले व्यक्त गर्दै आउनु भएको त्यही विश्वासले नै पनि प्रहरी भित्र धमिलो पानीमा माछा मार्ने खेल पुरा हुदैन भन्ने त प्रष्टनै बुझिन्छ , तर सवाल प्रहरी नेतृत्वको निरन्तरता मात्रै हैन , सवाल घरमा आगो लगाएर खरानी जम्म्मा गर्ने सोचलाइ कसरि निर्मुल पार्ने भन्ने पनि हो र यस तर्फ सबैको ध्यान जान जरुरि छ ।

राज्यको जिम्मेवार तहमा पुग्ने तर गर्नु पर्ने काम नगर्ने वा अन्यथा गर्ने छुट कसैलाइ छैन र हुनुहुदैन तर त्यसको साथसाथै निष्ठापूर्ण ढंगले काम गरिरहेको अवस्थामा कसैको आग्रह , पूर्वाग्रह र कुण्ठाको कारण कोहि व्यक्ति वा संस्था उपर हुने अनावश्यक आक्रमण पनि सह्य र ग्राह्य हुनुहुदैन , त्यसैले अहिले प्रहरी संगठन र यसको नेतृत्व प्रति लक्षित आक्रमणहरु भित्र लुकेको षड्यन्त्र र त्यसको गम्भीर परिणामको यथार्थको विश्लेषण हुनु र गलत खेललाइ निषेध र खेलाडीहरुलाइ निरुत्साहित गर्नु अनिवार्य छ । प्रहरीका सिपाही देखि आइजीपीसम्म कोहि पनि भगवान हैनन मानव हुन , उनीहरुले पनि सबै जानेका हुदैनन कतिपय कुरा सिक्दै गर्दै जाने सुविधा उनीहरुलाइ पनि हुन्छ र हुनुपर्छ तर जवसम्म उनीहरुको नियत जनताको सेवा र शान्ति सुरक्षाको खातिर इमान्दार ढंगले सक्रिय रहने हुन्छ तवसम्म उनीहरुलाइ जनता र तिनका प्रतिनिधिहरुको साथ समर्थन प्राप्त भैरहनु पर्छ ।

कसैको उची उडानको सपना पुरा गर्ने नाममा तथ्यहीन आरोप सहित प्रहरी संगठन र त्यसको नेतृत्वको हुर्मत लिने कामले निरन्तरता पाउनु हुदैन बरु त्यस्ता दुष्प्रचारका महारथीहरु र तिनका आसेपासेहरुको घृणित खेलमा चाहिं तत्काल लगाम लाग्नु पर्छ । प्रहरीको अधोगतिमा आफ्नो प्रगति देख्ने वा खोज्ने जोसुकैले पनि बुझ्नुपर्छ कि अहिलेको युगमा केवल कुण्ठा मिश्रित फत्तुर आरोपहरुको आधारमा हैन तथ्य र सत्य सहितको आँकडाको आधारमा मात्रै कसैले सजायँ वा पुरस्कार पाउँदा मात्रै जनताले त्यसलाइ स्विकार्ने र स्वागत गर्ने अवस्था रहन्छ । र आफ्नो स्वार्थ पुरा गराउन वा पुरा नभएको आक्रोशलाइ शान्त पार्न दौडिएका केहि पात्रहरु वाहेक अरुले हेर्दा प्रहरी संगठन अधिकाँश रुपमा सफल अनि केहि असफलतालाइ सफलता बदल्न दिनरात क्रियाशील रहेको संगठन हो जसको नेतृत्व देखि जवानसम्मको निष्ठा , इमान्दारिता र व्यवसायिकता प्रति सिंगो देशको भरोसा कायम नै छ । सत्य यही हो , आशा गरौँ यस भन्दा अन्यथालाइ सत्य ठानेर भ्रमित भएका वा आत्मरतिमा रमाएकाहरुको पनि होस छिट्टै खुल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com