सिमानामा पर्खाल निर्माणको बजेट पारित नभएसम्म शटडाउन सामना गर्न तयार रहेको ट्रम्पको उदघोष


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

सिमानामा पर्खाल निर्माणका लागि ५ बिलियन डलर बजेट बिनियोजन नभएसम्मका लागि सरकारको शटडाउन सामना गर्न तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घोष गरेका छन् । अमेरिकी सरकार शटडाउनको पाँचौंदिन राष्ट्रपति ट्रम्पको यस्तो प्रतिकृया आएको हो ।

बुधबारदेखि अमेरिकी सरकारको आंशिक शटडाउनको प्रभाव देखिन थालेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी लगायतका कैयन निकाय र एजेन्सीहरुले आफ्नो वेवसाइट अपडेट बन्द गरेका छन् ।

अमेरिकी सरकार शटडाउन हुँदा काठमाडौंमा रहेको अमेरिकी दूतावासको फेसबुक अपडेट बन्द

राष्ट्रपति ट्रम्पले प्रथम महिला मेलानिया ट्रम्पका साथमा बुधबार गरेको इराकको अप्रत्यासित भ्रमणका क्रममा शटडाउनका लागि डेमोक्र्याट नेन्सी पेलोसीलाई आरोप लगाउँदै सिमानाका पर्खाल लगाउनका लागि बजेट पारित नभएसम्म जतिदिन लागेपनि शटडाउनको सामना गर्न आफू तयार रहेको बताएका हुन् । पेलोसी जनबरी ३ मा अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको स्पीकर बन्ने अपेक्षा गरिएको छ ।

सन् २०१६ को चुनावी अभियानका क्रममा ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा लगाइने पर्खालका लागि मेक्सिकोले समेत तिर्नुपर्ने बताउँदै आएका थिए । तर मेक्सिकोले पर्खालका लागि तिर्न अस्वीकार गरेपछि ट्रम्पले अमेरिकी करदाताकै रकमबाट पर्खाल बनाउन ५ बिलियन डलर बजेटको माग गरिरहेका छन् ।

सरकार शटडाउन अन्त्यका लागि तत्काल कुनै पहल भइनसकेकाले अझै केहीदिनसम्म सरकार शटडाउन हुनसक्ने जनाइएको छ । सरकार शटडाउन अझै १ सातासम्म जारी रहनसक्ने जनाइएको छ ।

अमेरिकी सरकार शटडाउनबारे ५ प्रश्नोत्तर

अमेरिकी सरकार शटडाउनका कारण झण्डै ४ लाख कर्मचारीहरु बिदामा बस्नुपरेको छ भने अरु ४ लाखले तत्कालका लागि विना तलब नै काम गर्नु परिरहेको छ । सोसल सेक्युरिटी, मेडिकेड, मेडिकेयर, अमेरिकी हुलाक, भेट्रान अस्पताल र सुविधा, फुड स्ट्याम्प, सकृय ड्युटीमा रहेका सेनाहरु, सिमा सुरक्षा गस्ती, हवाई ट्राफिक कन्ट्रोल, टीएसए, म्युजियम लगायत संचालनमा रहेका छन् । तर नेशनल पार्क, आईआरएस, ट्याक्स रिफण्ड, पासपोर्ट र भिसा बाहेक विदेश मन्त्रालयका अन्य सेवाहरु, वातावरण औषधी र खाद्य निगरानी लगायतका सेवाहरु बन्द भएका छन् ।

अमेरिकी सरकार शटडाउन : के होला युएससीआईएसको काम ?

अमेरिकी सरकार एकबर्षमा तेश्रोपटक शटडाउन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com