अमेरिकी सरकार शटडाउन हुँदा काठमाडौंमा रहेको अमेरिकी दूतावासको फेसबुक अपडेट बन्द


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

शुक्रबार रातीदेखि अमेरिकी सरकार शटडाउन भएपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासको सामाजिक सञ्जालमा अपडेट बन्द भएको छ । दुतावासले फेसबुकमा स्टाटस राख्दै बजेट अभावका कारण दूतावासको फेसबुक एकान्ट नियमित रुपमा अपडेट हुने स्पष्ट पारेको छ ।

त्यस्तै अमेरिकी दूतावास काठमाडौंको ट्वीटर एकाउन्टमा पनि अमेरिकी सरकार शटडाउनका कारण अपडेट बन्द गरिएको छ । दुतावासले ट्वीटरमा ट्वीट गर्दै बजेट अभावका कारण दूतावासको ट्वीटर एकाउन्ट पनि नियमित रुपमा अपडेट हुने स्पष्ट पारेको हो ।

शुक्रबार मध्यरातसम्म पनि अमेरिकी संसदले सरकारको खर्च विधयेक पारित गर्न नसक्दा एकबर्षको अवधिमा तेश्रोपटक अमेरिकी सरकार सटडाउन भएको हो । यस अगाडि पारित अस्थायी खर्च विधयेकले शुक्रबार मध्यरातीसम्मका लागिमात्र अमेरिकी सरकारको खर्च बेहोरेकाले त्यसपछि अमेरिकी सरकार शटडाउन भएको हो ।

अमेरिकी सरकार शटडाउन : के होला युएससीआईएसको काम ?

 

अमेरिकी इतिहासमा ४० बर्षपछि एकबर्षको अवधिमा तेश्रो पटक सरकार शटडाउन भएको हो । सरकार शटडाउन हुनु अगाडि शटडाउनको अवधिको तलब समेत कर्मचारीहरुले पाउनेगरी एउटा विधयेक सिनेटबाट पारित गरिएको थियो । तर उक्त विधयेक प्रतिनिधिसभाबाट पारित हुन भने बाँकी रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि ५ बिलियन डलर बजेटको माग गरेकोमा उक्त विषयमा सहमति हुन नसक्दा सरकार शटडाउनको अवस्थामा पुगेको हो । अब कम्तीमा क्रिसमसपछि सम्मका लागि अमेरिकी सरकार शटडाउन रहने छ ।

अमेरिकी सरकार एकबर्षमा तेश्रोपटक शटडाउन

सोमबार सिनेटको सामान्य सेसन संचालन हुने भएपनि बास्तविक सेसन भने बिहिबार दिउसोमात्र चल्नेछ । यसरी हेर्दा कम्तीमा आगामी बिहिबार दिउसोसम्म अमेरिकी सरकार शटडाउन कायम रहनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com