बलात्कारको आरोपमा राजपाका नेता पक्राउ


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

कारागारमा रहेका श्रीमानलाई छुटाइदिन्छु भन्दै बन्दीकी श्रीमतीलाई बलात्कार गर्ने राजपाका नेता पक्राउ परेका छन् ।श्रीमानलाई जेलबाट छुटाइदिने झुटो आश्वासन दिँदै लाखौँ रुपैयाँ ठगी गरेकाे अाराेपमा पक्राउ परेका हुन ।राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला कोषाध्यक्ष समेत रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई साे अाराेपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिई मेहताले पटकपटक गरी साढे दश लाख ठगी गर्नुका साथै बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । आरोपितलाइ पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com