Follow @khasokhasmag

घरेलु कामदारका रूपमा कुवेतमा कार्यरत नेपाली महिलाको मृत्यु, मृत्‍युको कारण अज्ञात


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

घरेलु कामदारका रूपमा कुवेतमा कार्यरत एक नेपाली महिलाको आइतबार मृत्यु भएको छ।

गौरादह(५, झापा घर भई कुवेतमा बिगत लामो समय देखि कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आइतबार बिहान निधन भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

श्रेष्ठको मृत्‍यु बारे प्रारम्भिक जानकारी आए पनि मृत्‍युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको हुँदा रिपोर्ट आए पछी घर–परिवारमा समन्वय गरी,मृतकले पाउने सेवा सुबिधा लगाएत सम्पूर्ण कानुनी प्रकृया पुरा गरि शब छिट्टै पठाइने दुताबासले बताएको छ।

मृतक रमा श्रेष्ठकी छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष देखी घरेलु महिला कामदारको रुपमा कार्यरत छिन। जानकारीका अनुसार मृतक श्रेष्ठ बिगत ५ बर्ष देखी भागेर अबैधानिक रुपमा काम गर्दै आएकी थिईन।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com