नेपाललाइ चिनाउदै दुइ चेली, मेनुकाकाे प्रस्तुति अाज !


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

देश बिभिन्न किसिमका अान्दाेलन र अपराधिक क्रियाकलापले अल्झिएकाे बेला दुइ चेलि हरेक नेपालीलाइ गर्व लाग्ने स्थानमा पुगेकि छिन । यतिबेला विश्वकै ध्यान अाफुतिर तान्न सफल मिस वर्ड प्रतियाेगितामा नेपाली चेली शृङ्खला खतिवडाले बलियाे उपस्थिति जनाएकि छिन ।

उनि मल्टिमिडिया तर्फकाे भाेटिङमा अग्रस्थानमा छिन भने टप २० मा समेत पुगेकि छिन । अर्काेतर्फ भारतकाे चर्चित रियालिटि साे सारेगमपमा नेपालीचेली मेनुका उत्कृष्ट प्रस्तुति दिदै टप ११ मा पुगेकि छिन । सनिवार र अाइतबार प्रशारण हुने सारेगमप अाज प्रशारण हुदैछ ।

नेपाली चेली मेनुका अहिले सारेगमपकाे टप ११ मा पुगि सकेकि छिन । टप १३ मा पुगेका प्रतिस्पर्धिबिच सनिबार भएकाे प्रतिस्पर्धात्मक प्रस्तुतिमा उनले फेरि जजहरूकाे मन जितेकि छिन ।

सारेगमपमा अडिसन, मेघा अडिसन हुदै पछिल्ला प्रस्तुतिमा पनि मेनुका अब्बल देखिएकि छिन । अाजसम्मका प्रस्तुतिमा जज तथा दर्शक सबैकाे मेनुकाले सारेगमपका दर्शक सामु नेपालकाे नाम उचाे बनाएकि छिन । एकपछि अर्काे उत्कृष्ट प्रस्तुति दिइरहदा उनकाे चर्चा भारत लगायत अन्य देशहरुमा समेत बढ्दै गएकाे छ । जुन सबै नेपालीकाे लागि खुसिकाे कुरा हाे ।

देशमा रहेमा सबै देशबासिलाइ देशकाे राजनितिक अवस्थाले निरास बनाइरहेकाे बेला मेनुका भने भारतमा नेपालकाे सिर उचाे गरिरहेकि छिन । यतिबेला संसारभर रहेका नेपालीहरूलाइ खुसि दिलाइरहेकि मेनुकाले भारतका स्राेता देखि कार्यक्रमका जजहरूकाे राेजाइमा समेत परेकि छिन । सारेगमपकाे टप ११ मा समनदार प्रस्तुतिकाे साथमा पुगेकि मेनुकाले यसपछिकाे शृङखलामा समेत यस्तै प्रस्तुति दिनेमा सबै स्राेताहरू विस्वस्त छन ।

अाफुभित्र प्रतिभा भएर पनि गुमनाम रहेकिमेनुका नेपाल अाइडलबाट चर्चामा अाएकि थिइन । त्यसपछि उनले बजारमा थुप्रै गीत समेत ल्याइसकेकि छिन । उनि नेपाल अाइडलकाे टप ११ बाट बाहिरिदा समेत धेरैले दुख ब्यक्त गरेका थिए । भने धेरैले नेपाल अाइडलकाे नियमकाे अालाेचना समेत गरेका थिए । नेपाल अाइडल हुदै सारेगमपकाे यात्रासम्म पुग्दा सबै नेपालीकाे लागि प्रिय पात्र बनेकि छिन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com