टिकापुरमा एक किशोरी मृत फेला, हत्याको आशंका


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ मा १६ बर्षिया किशोरी मृत फेला परेकी छिन्।

वडा नम्बर १ बस्ने १६ बर्षिया पुजा थापा घर नजिकै मृत अवस्थामा भेटिएकी ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको टिकापुर प्रहरीले जनाएको छ।

प्रहरीले अहिले मुचुल्का संकलन गरिरहेको छ। अनुसन्धान कार्य सुरु भएकाले केही समयपछि वास्तविक तथ्य खुल्नेछ । स्थानीयले हत्याका आशंका गरको छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com