राष्ट्रपतिलाई गाडी किन्न भिख माग्दै सडकमा


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै केही युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन्।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्।

Image result for राष्ट्रपतिलाई गाडी किन्न भिख माग्दै सडकमा

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन्।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन्

Image result for राष्ट्रपतिलाई गाडी किन्न भिख माग्दै सडकमा

१८ करोड रुपैयाको  गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्। युवाहरुले पशुपतिबनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसंग भिख मागेका थिए ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर वा उठेको सबै पैसा राष्ट्रपति कार्यालयलाई बुझाउने बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com