पेट्राेलकाे मूल्यवृद्धिको विरोधमा पेरिसमा हिंसात्मक प्रदर्शन, ताेडफाेड र अागजनी


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्सको पेरिसमा हिंसात्मक प्रदर्शन भएकाे छ । प्रदर्शनमा उत्रिएका जनता र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त रहेकाे जनाइएको छ ।

प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै अश्रु ग्यास र पानीका फोहरा छाडेको थियो । पेरिसमा दुई सातादेखि हरेक सप्ताहन्तमा मानिसहरु बिरोध प्रदर्शनमा सहभागी भइरहेका छन् ।

Image result for protest in paris latest

पेरिसको शाँज इलाकामा संवेदनशील स्थानमा प्रदर्शनकारीले पुलिसको सुरक्षा घेरा तोड्न खोजेपछि झडप सुरु भएको थियो । झडपपछि आक्रोशित प्रदर्शनकारीले त्यस क्षेत्रका थुप्रै सवारीमा आगजनी गरेका थिए ।

प्रदर्शनलाई नियन्त्रणमा लिन ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनका आयोजकले यो उनीहरुको दोस्रो चरणको आन्दोलन भएको बताएका छन् ।

पेरिसमा एकत्रित भएका सबै आन्दोलनकारीले पहेँलो रंगको ज्याकेट लगाएका थिए । शाँज एलिज इलाकामा प्रधानमन्त्री कार्यालयसहित केहि महत्वपूर्ण सरकारी कार्यालयहरु छन् । त्यहीँ प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको हो ।

Image result for protest in paris latest

केहि प्रदर्शनकारीले पटाका पड्काएका थिए भने सडक किनारबाट ढुंगा निकालेर प्रहरीमाथि प्रहार गरेका थिए । उनीहरुले राष्ट्रपति इनम्यानुअल म्याक्रोनको बिरुद्धमा नारा लगाएका थिए भने राष्ट्रपतिको राजीनामा माग गरेका थिए । फ्रान्समा गएको १ वर्षमा २३ प्रतिशतसम्म इन्धनको मूल्यवृद्धि भएको छ । जसबाट जनता रुष्ट छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com