पाइलट बन्ने सपना अभिनयले खोस्यो : अभिनेता आकाश


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

अभिनेता अनमोल केसी निर्माता रहेको चलचित्र ‘म त तिम्रै हुँ’बाट अभिनयमा डेब्यु गरेका आकाश श्रेष्ठ पछिल्लो समयका व्यस्त अभिनेता हुन् । ‘म त तिम्रै हुँ’ पछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहासँग ‘तिमीसँग’सँग अभिनय गरेको उनको अर्काे चलचित्र ‘रामकहानी’ केही पहिले प्रदर्शनमा आएको थियो ।

तर कुनै पनि चलचित्रबाट उनलाई सोचेजस्तो सफलता हात परेन । उनी अहिले चलचित्र ‘ड्रिम गर्ल’को कारणले चर्चामा छन् । ‘ड्रिम गर्ल’ आजबाट देशभर प्रदर्शनमा आएको छ । यो चलचित्रले आफ्नो अभिनय करियरमा कायापलट ल्याउने उनी बताउँछन् । यी नै अभिनेता आकाश श्रेष्ठसँग गरिएको दश प्रश्न ।

‘ड्रिम गर्ल’बाट कस्तो आस गर्नुभएको छ ?

–‘ड्रिम गर्ल’ मेरो सोलो अभिनय रहेको पछिल्लो चलचित्र हो । यसको अलवा कथा र निर्माणको हिसाबले पनि यो उत्कृष्ट बनेको छ । धेरैपछि आफूले चाहे जस्तो चलचित्र अयिभनय गर्ने अवसर पाएको छु । चलचित्र राम्रो बन्छ भन्ने विश्वास लागेको छ । आजबाट चलचित्र प्रदर्शनमा आएकाले दर्शकको प्रतिक्रिया बुझ्न केही हलमा जाँदैछु ।

पर्दाको हिरो तपाईं, हिरो बनेर हिँड्न त मनपर्छ होला ?

–पर्दाको हिरो । बाहिरी जीवनमा सिम्पल छु । मेकअप, हेयरस्टाइतिर खासै ध्यान दिन्न । अनुहारमा सन् ब्लक तेल लगाउँछु भने कपालमा केही लगाउँदिन ।

फेसनमा रुचि त होला नि ?

– छैन, छैन । क्याजुअल ड्रेस मनपर्छ । आफूलाई सुहाउने भनेको सर्ट र पाइट हो ।

फिट्नेस गर्नुहुन्छ ? 

–दैनिक दुई घन्टा एक्सरसाइज गर्ने गरेको छ । त्यसको अलवा खानपिनमा पनि ध्यान दिन्छु ।

पूरा नभएको सपना ?

मेरो सानैदेखि पाइलट बन्ने सपना थियो । पढ्दा पढ्दै चलचित्र अभिनयमा होमिए । परिवारको पनि यही सपना थियो । अभिनयले पाइलट बन्ने सपना खोसियो ।

मनपर्ने गीत सङ्गीत ?

सेन्टिमेन्टल गीत सङ्गीत धेरै मनपर्छ ।

खाने कुरा ?

मम धेरै मनपर्छ ।

प्रेम त पक्कै होला नि ?

– अहिलेसम्म सिङ्गल छु । यो समय भनेको करियर बनाउने हो । करियरको दौडमा रहेको बेला प्रेममा समय दिन भ्याइँदैन । समय दिन नभ्याएपछि ब्रेकअप भइहाल्छ ।

मनपर्ने केटी ?

– आफूलाई धेरै माया गर्ने ।  परिवारप्रतिको जिम्मेवारी पूरा गर्ने र मलाई बुझ्ने सिम्पल पाराको केटी मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

बलिउडको दीपिका पादुकोणसँग जाने रहर थियो । तर अहिले उनको विवाह भइहाल्यो । रहर अब पूरा हुँदैन होला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com