प्रकाश दाहालको नाममा प्रकाश स्मृति पार्क बन्दै


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

प्रकाश दाहालको नाममा प्रकाश स्मृति पार्क बन्ने भएको छ   । युवा नेता तथा तत्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको एक वर्ष पुगेको छ ।

युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।  १० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयाैं मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः २०७४ मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यसंग हार्न पुगे । नेपालका प्रायः सबै शिर्ष नेताहरुको छोराछोरी उच्च शिक्षा लिएर पद र प्रतिष्ठाका लागि लडिरहेका बेला प्रकाश निरन्तर युद्ध र पिताको सुरक्षामा क्रियाशिल रहे । जीवनभरि नागरिक माझ रहेको प्रकाशको मृत्यु भने एक्लै सुटुक्क भयो ।

आजभन्दा ३७ वर्षअघि जन्मिएका प्रकाश दाहाल माओवादी विद्रोहका सयौं मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । ती मोर्चामा कुशलतापूर्वक लडेका प्रकाशलाई २०७४ मंसिर ३ गते मृत्युले हराइ छाड्यो । सरल र सहज स्वभावका प्रकाश औपचारिक अध्ययनलाई छाडेर गरिखाने वर्गको सत्ता स्थापनाका लागि भन्दै माओवादी आन्दोलनमा बाल्यकालदेखिनै होमिए । इमानको राजनीतिबाट दीक्षित प्रकाशले माओवादी आन्दोलनको सयौ राजनीतिक तथा फौजी लडाईमा प्रत्यक्ष सहभागी भए ।

मुक्ति या मृत्युको कफन बाँधेर युद्धको मोर्चामा लामबद्ध बनेका प्रकाश तीन दिदीका एक मात्र भाइ हुन् । नेपाली राजनीतिका शीर्ष व्यक्ति प्रचण्ड र नेतृ सीता दाहालका एकमात्र छोरा प्रकाश सामान्य घरपरिवारमा जन्मिएका थिए । बाल्यकाल गृहजिल्ला चितवनमै बिताएका प्रकास विद्यालय तहको अध्यनन गर्दैगर्दा दिदीहरुसंग भारतमा समेत बसे । प्रचण्डको छोरा भएकै कारण जनयुद्ध सुरु भएपछि सरकारी स्तरबाट असुरक्षा भएकाले उनी अध्ययनलाई अधुरै छाडी माओवादी सशस्त्र युद्धमा होमिएन बाध्य भए ।

प्रचण्डको छोरा भएकै कारण मात्र उनको राजनीतिक उचाई बढेको भने होइन, दशवर्षे माओवादी सशस्त्र युद्धमा उनले बगाएको पसिनाको मूल्य अथाह छ । उनी तत्कालीन माओवादीको आधार इलाका रोल्पा र रुकुमका गाउ“बस्तीमा धेरै समय बसेर युद्धमोर्चामा लामवद्ध भए । २ सय ४० वर्षे सामन्ती सत्ता ढालेर जनताको व्यवस्था ल्याउन निरन्तर बम र बारुदसँग सयौं रात कटाए । यसरी सामान्ती राज्य सत्ता भत्काउने साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन । समग्र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप, राप र बमबारीको तुवालोमा उनले आफूलाई समर्पित गरे ।

आकस्मिक हृदयघातसंग हारेका प्रकाशलाई सामाजिकरुपमा धेरैले आलोचना गरेपनि मृत्यका बेला उनी बिस्तरामा एक्लै थिए । राजधानीस्थित लाजिम्पाटको प्रचण्ड निवासमा एक्लै सुतेका प्रकाशलाई हृदयघात हुंदा पानी पिलाउने पनि कोही थिएनन् । बिहान उठाउन पुग्दा उनी बिदावारी भै सकेका थिए । नर्भिक अस्पतालका मुटु रोग बिशषज्ञ जेपी जयसवालले अस्पताल ल्याउनुभन्दा ३ घण्टाअघि नै प्रकाशलाई हृदयघात भएको अनुमान लगाएका थिए।

आलोचना योग्य केही असमाजिक कार्यका कारण यदाकदा आलोचित हुने प्रकाशले पार्टीप्रतिको निष्ठा र पिताप्रतिको समर्पणमा कहिल्यै कुनै कमजोरी गरेनन् । सामान्यतया अरु शिर्ष नेताका सन्तानले उच्चशिक्षा लिएर उच्चपदमा प्रतिस्पर्धा गरिरहंदा उनी बाबुको सुरक्षाअंग बन्नमै रमाए ।

उनी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पार्टी हेडक्वार्टरका सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।

यसरी सामान्ती राज्य सत्ता भत्काउने साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन । समग्र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप, राप र बमबारीको तुवालोमा उनले आफूलाई समर्पित गरे तिनै महान युवा नेता स्वर्गीय प्रकाश दाहाल को नाममा काठमाडौंमा स्मृति पार्क निर्माण हुने भएको छ । उक्त स्मृति पार्कमा प्रकाश दाहाल संगै दश वर्षे जनयुद्धकालमा सहिद भएका सम्पूर्ण को सिलालेखमा नाम लेखिने भएको छ । पार्कलाइ प्रकाश स्मृति पार्क को नामबाट नामाकरण गरिएको ऐसियन डेभलपमेन्ट बोर्डका कार्यकारी अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com