शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा सुखद बन्दै


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

मिस नेपाल २०१८ की बिजेता शृङ्खला खतिवडा यतिबेला “मिस वर्ल्ड २०१८” को प्रतिस्पर्धाका लागि चीनमा रहेकीछिन् । मिस नेपालको उपाधि जिते सँगै शृङ्खलाको चर्चा एकाएक चुलिएको हो । त्यसमाथि पनि शृङ्खला मिस वर्ल्डको यात्रामा विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुले नेपाललाई पहिलो पटक टप १० , ५ हुँदै टप ३ भित्र राखेका छन् । जुन शृङ्खलालाई मिस वर्ल्डको उपाधीका लागि सहज बनाउँन सक्छ ।

किनकी यसअघि नेपालका कुनै पनि सुन्दरीहरु प्रेडिक्टरहरुको नजरमा परेका थिएनन् । यही कारण पनि यतिबेला श्रृङखलाको चर्चा थप चुलिएको छ । यसपटक श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको छ । सामाजिक सञ्जालमा शृङ्खलाको फ्यान फलोइङ लोभलाग्दो छ । उनलाई भरपुर्ण तरिकाले भोट गरी सहयोग गरे देशको नाम पनि चम्किनेछ भने उनलाई सजिलै टप १० मा पुग्न पनि सहयोग मिल्नेछ ।

उनलाई भोट गर्नको लागि पहिले मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृङ्खला सर्च गर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गरेर साथ दिन सकिन्छ । र श्रृङखलाले पनि सम्पुर्ण नेपालीहरुलाई भोट गरी सहयोग र साथ दिन अनुरोध गरेकीछिन् ।

स्मरण रहोस यसअघि मिस वर्ल्डमा भाग लिन गएका मिस नेपालहरुमा इसानी श्रेष्ठ सन् २०१३ मा मा टप १० सम्म पुग्न सफल भएकी थिईन् भने ब्युटी विथ अ प्रपोजको टाइटल समेत जितेकी थिईन् । त्यसपछि कुनै पनि मिस नेपालहरुले मिस वर्ल्डमा कुनै उपाधी जित्न सकेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com