नेपाल वायु सेवा निगम उच्च जोखिमा , विवादस्पद वाइडबडी विमान खरिदबारे निगम मौन


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

नेपाल बायुसेवा निगमले स्वेत पत्र जारीगर्दै निगम उच्च जोखिममा रहेको बिवरण सार्वजनिक गरको छ । पछिल्लो समय एयरवस कम्पनीको वाइड वडी जहाज किन्दा व्यापक अनियमितता भएको भन्दै आलोचित वनिरहेको निगमले एयरवस वाइड वडी किन्दाको बिवरण दिन भने आलटाल गरेको छ ।

नेपाल बायुसेवा निगम नेपाल सरकारको स्वामीत्वको एकमात्र एयरलाइन्स कम्पनि हो । नेपालका हरेक दुर्गम भेग सम्म आफ्नो सेवा प्रदान गर्नु राष्ट्रिय जिम्मेवारी बोकेको नेपाल बायुसेवा निगम राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले निजी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न सक्ष्म त अझै बनिसकेको त छैन ।

अझ पछिल्लो समय एयरवस वाइड वडी किन्दा व्यापक अनियमितता भएको भन्दै आलोचित बनिरहेको सन्दर्भमा स्वेत्र पत्र जारी गर्दै निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसंग माग गरेको छ । वाईडबडि विमान खरिदसंगै वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२. अर्ब ८७ करोड रहेको र निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसंग माग गरिएको निगमका अध्यक्ष मदन खरेलले वताए ।

बाइवडि जहाज ए ३३० को उडान को सम्वन्धमा निगमले जारी गरेको श्वेत पत्रमा बाइवडि जहाज ए ३३० को उडान अघि र पछिको बित्तिय अवस्थाको वारेमा बिस्तृतमा जनकारी गराइएको छ । तर निगमले हालै खरीदगरेको एयरबस ३३०–२०० सिरिजको जहाज खरिद तथा इन्जिनको वारेन्टीका विषयमा धेरै विषयहरू बाहिर आइरहेका छन् ।

निगमले यसै वर्ष दुई थान वाइडबडी जहाज खरिद गरेको हो । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेका विषयदेखि खरिदमा अनियमितता भएका विषय समेत सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले निगमलाइ खरिदसंग सम्बन्धित कागजात उपलब्ध गराउन निगमलाइ पत्र काटेको छ । तर यसवारे भने निगम अहिले पनि मौन नै छ ।

बायुसेवा निगमले राष्ट्रिय जिम्मेवारी बोकेको छ । गुण्स्तरीय सेवा प्रवाहगरी असल छवी बनाउनु निगमको कर्तव्य हो । तर यसरी निगममाथि पटक पटक उठेका प्रश्न प्रती निगम मौन रहनुमा भने निगममाथि शंका गर्ने प्रसस्त माध्यम देखीन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com