आगो निभाउँन दमकल त पुग्यो तर पानी लान बिर्सियो


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी भर्न फेरि दमकल फर्किएको थियो ।दमकलमा पानी नहुँदा आगलागीबाट सबै खर पराल जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ७० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आग लागी भएको थियो ।

आइतबार बिहान साढे चार बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीहरुले असन्तुष्टी जनाएका छन् । गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको हो ।यो घटना बाट नगरपालिका आफ्नो कर्तव्यमा कतिको जिम्मेवार छ भन्ने प्रस्ट हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com