परिवारको खुशीका लागी धन कमाउन गएको छोरो युएई बाट कोमामा फर्किए जित बहादुर


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

ब्रेन ह्यामरेज (मस्तिष्कमा रगत जमेको) कारण कोमामा पुगेका जित बहादुर लिम्बुलाई युएईबाट नेपाल पठाइएको छ।ताप्लेजुङ स्थाइ ठेगाना भएपनी हाल मोरङमा बस्दै आएका लिम्बुलाई युएई स्थित नेपाली दूतावासको पहल तथा विभिन्न संघ सस्थाको आर्थिक सहयोगमा शनिबार राती १२ बजे युएईको दुबई एरपोर्टबाट ट्रान्जिटमा दिल्ली हुँदै नेपाल पुर्याइएको हो । युएई बाट नेपालका लागि सिधा उडान भए पनि जटिल प्रकृतिका बिरामी बोक्ने सुबिधा नभए पछी लिम्बूलाई एयर इन्डिया मार्फत नेपाल लगिएको हो।

सन् २०१५ मा रोजगारीका लागि युएई आएका लिम्बु करार अवधी सकिए पछी सन् २०१७ बाट अबैधानिक बनेका थिए। लिम्बू अबैधानिक रूपमा कार्यरत रहेको भन्दै सरकारले समेत उनलाई नेपाल फर्काउन पहल गरेको थिएन। लामो समय देखि युएईमा नै उपचाररत लिम्बुलाइ नेपाली जन प्रगतिशील मोर्चाले कागजी प्रक्रिया मिलाउन पहल गरेको थियो भने दूतावासको पहलमा अस्पतालमा बुझाउनुपर्न उपचार खर्च १ लाख ६० हजार दिर्हाम छुट भएको थियो।अचेत अबस्थामा रहेला लिम्बुलाई नेपालमा उपचारको लागि बिराटनगर न्युरो अस्पतालमा रिफर गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com