अमेरिकाको क्यालिफोर्नियामा आगलागीबाट ३१ को मृत्यु,२ सय बेपत्ता


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

अमेरिकाको क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलो भीषण बन्दै गएको छ । आगलागीका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ भने २०० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा क्याम्प फायरबाट फैलिएको आगलागीका कारण थप ६ जनाको ज्यान गएको पुष्टि भएको हो । त्यहाँ मृत्यु हुनेको संख्या २९ पुगेसँगै समग्रमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको हो ।

यसअघि सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको थियो । अहिले क्यालिफोर्नियाका तीन ठाउँबाट फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या ८५ वर्षअघिको भयानक आगलागी जस्तै पुगेको हो ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा वुल्फी फायरका कारण नोक्सानी भइरहेको छ । मालिबुमा धेरै क्षति भएको छ । अहिलेसम्म दुई लाख ५० हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका छन् ।

तीव्र गतिमा चलेको हावाका कारण आगो फैलिरहेको छ र निभाउने प्रयास सफल हुन सकेको छैन । यस्तै हिल फायरका कारण पनि जनजीवन प्रभावित बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com