कांग्रेसमा आईपर्यो बज्रपात हृदयघातका कारण कांग्रेसका युवा नेता प्रकाशबाबु तिवारीको निधन


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

नेपाली कांग्रेस लमजुङका होनहार नेता प्रकाशबाबु तिवारीको निधन भएको छ । साविकको चिती–३ र हालको बेसिशहर–११ मा बस्दै आएका नेता तिवारीको ह्दयघातका कारण निधन भएको परिवारले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका तिवारीको उपचारका क्रममा लमजुङ सामुदायिक अस्पतालमा निधन भएको हो । कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोइरालाका अनुसार आइतबार बिहान साढे ६ बजे तिवारीको निधन भएको थियो । शनिबार राति स्वास्थ्यमा केही समस्या आएपछि तिवारीलाई परिवारले उपचारका लागि अस्पताल पु¥याएका थिए ।

तिवारीले यसअघि पनि २ पटकसम्म ह्दयघातको उपचार गरिसकेका थिए । पार्टीको पूर्व गाविस सभापति समेत रहेका तिवारी पार्टीमा फरक बिचार राख्ने व्यक्तित्व थिए । पार्टीको काममा बढी समय दिने तिवारी पछिल्लो समय व्यावसायिक गाइपालनसँगै सक्रिय रूपमा राजनीतिमा थिए ।

तिवारीको २ छोरा र श्रीमती छन् । तिवारीको निधनप्रति नेपाली कांग्रेस लमजुङले गहिरो दुःख व्यक्त गर्दै सक्रिय अनि युवा नेता गुमाउनुपर्दा पार्टीलाई ठूलो क्षति भएको जनाएको छ । तिवारीले १० वर्षे माओवादी जनयुद्धकालिन समयमा समेत पार्टीलाई जोगाउन सहयोग गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com