६० लाख नेपालीको भावना बोल्ने एउटा फोटो हेर्दै आँशु झर्छ ! छोरालाई विदाई गर्दै वृद्ध बा !


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

यो तस्वीर हेर्दा सामान्य छ तर देश, काल, परिस्थिति र जीवनलाई जब गम्भीर भई बुझ्न मन लाग्छ, त्यति बेला यसले मनमा भक्कानो फुटाउँछ धरधरी रुवाउँछ । हाम्रा सबै बाहरूको अवस्था यही हो यी फोटामा भएका बाको जस्तै ।लुटेराहरूको हातमा सत्ता छ । शैद्धान्तिक शिक्षाको सर्टिफिकेटले मजदुरी गर्न नि सकिन्न । देशको अवस्था जर्जर छ ।

हामीले देश भित्रै केहि गरे त सकिन्थ्यो होला तर यहाँ केही गरे सानो भइ हालिन्छ भन्ने सोच र सानो तिनो काम शुरू गर्दा हाम्रो समाजमा नाक नै काटिन्छ भन्ने सोच एकातर्फ छ ।अर्का तर्फ देशमै केहि गर्न खोज्दा त्यसका लागी सरकारी वातावरण नै छैन, नेताहरूको आफन्त नभै काम पाउन, व्यवसाय गर्न समेत कठिन छ।

घरको चुल्लो वाल्न र परिवारलाई सहयोग गर्न विदेशिएका युवाहरू कहिले फर्केलान र हाम्रो वुढेसकालमा सहयोगी वन्लान, आफ्नै देश बनाउन लाग्लान भन्दै बा आमा ऑखा तन्काएर वाटो हेर्न वाध्य छन ।फेरि कोरियाले कामदारको कोटा थप्यो रे, कोरिया जानेको भिड हेर्दा देश विस्तारै रित्तिने डरले फेरी भक्कानो फुटेर आउछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com