मुख्यमन्त्री लालबाबुले गरे अहिलेसम्मकै ठूलो कमाल, यस कारण पाए देशभरिको माया


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो जातीय संस्कृतिभन्दा अलग संस्कृतिको कार्यक्रममा सहभागी भएर चर्चामा आएका छन् ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री राउतले बिहीबार नेवार समुदायले मनाउने म्ह पूजामा सरिक भए । म्ह पूजामा सहभागी भएर राउतले नेवारी संस्कृतिअनुसार पूजाअर्चना गरेपछि प्रशंसा भएको हो ।

संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका मुख्यमन्त्री राउत बिहीबार वीरगञ्जमा सम्पन्न म्ह पूजामा आफै सहभागी भएका थिए । उनले पूरै नेवारी परम्पराअनुसार म्ह पूजा गरेका थिए । म्ह पूजामा सहभागी भएका मुख्यमन्त्री राउतको त्यो अहिले तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बेलाबेला हिन्दूहरूको चाढपर्वमा समेत सरिक हुँदै आएका मुख्यमन्त्री राउतले सबै धर्म र संस्कृतिलाई बराबरीको सम्मान दिने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com