निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्ः गृहमन्त्री थापा


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् ।

गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’ उनले अघि थपे, ‘जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com