तिहारको मुखैमा २ जना नेपालीको साउदीमा दुःखद निधन ।


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

रोजगारीका सिलसिलामा साउदि गएका दुई जना नेपालीहरु सदाका लागि नेपाल नफर्कने गरि उतै अस्ताएका छन् । दाङ निवासी तेज खनाल र धनुषा का तेज नारायण पासवान गत ५ नोभेम्बर, २०१८ सवारीसाधन दुर्घटनामा परि दुःखद बिहान निधन भएको हो ।

सोमबार बिहान ४:४५ बजे ड्युटी जाने क्रममा पाकिस्तानी ड्राइभरले चलाएको पिक अप बिजुलीको पोलमा ठोकिदा दुर्घटना हुन पुगेको एनआरएनए एनसीसी अध्यक्ष समेत रहेका नारायण पासवानले हामीलाई जानकारी दिए । उनले जनाए अनुसार तत्काल गाडीमा आगलागी भै दुइजना नेपाली गाडीबाट निस्क्न नपाउदै घटना स्थलमै निधन भएको थियोे भने गाडी चालक पाकिस्तानी नागरिकको अबस्था चिन्ताजनक रहेको छ ।

साउदि अरबको रियाद मेट्रो प्रोजेक्टमा कार्यरत दुबै जना नेपालीको लास रियाद किङ्ग फाद हस्पिटलमा राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com