यसरी लुटिन्छ विदेशमा नेपाली चेलीहरूको जवानी


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

जीवनमा आफ्नो परिवार छोडेर अर्काको देशमा गएर परिश्रम गर्ने कस्को रहर होला र ? आफ्नो स्वर्ग जस्तो घर परिवार समाज छोडेर विदेश जाने रहर त कहाँ हुन्छ र ? तर के गर्नु पापी पेटको सवाल हुने गर्दछ ।

त्यहाँ हुन्छ गरिबीको खाडल पनि । स्वदेशमा रोजगारीको अभावका कारण बैदेशिक रोजगारीको लागि दैनिक सयौको संख्यामा युवायुवतीहरु विदेश हानिएका छन् । स्वदेशमा हुने काममा धेरै आम्दानी हुन नसकेपछि विदेशको सपना देख्ने प्रवृतिको विकास अत्यधिक रहेको छ ।

जीवनलाई सुख र समृद्ध बनाउने सपनाका साथ नेपाली युवा तथा युवतीहरु आज पनि वैदेशिक यात्रामा निस्कनुको मूल कारण पनि यहि हो । विदेशमा सबै नेपालीले रामै्र काम पाउछन् भन्ने हुँदैन । सबै नेपालीले त्यहाँको कम्पनी मालिकबाट राम्रो व्यवहार पाउँछन् भन्ने पनि छैन् ।

नेपालका कयौ युवायुवतीहरु श्रम शोषणमा पर्ने गरेको हामीलाई थाहा नै छ । जसमा पनि घरेलु कामदारका रुपमा विदेश गएका नेपाली महिला तथा युवतीहरु माथि यौन शोषण समेत हुने गरेको छ । सुनौलो सपना बोकेर बैदेशिक रोजगारमा गएका नेपालका कतिपय युवायुवतीहरुको सपना कसैको पूरा भएको छ त कसैको त्यो सपना खरानीमा परिणत भएको छ ।

परिवारसँग छुट्टिएर हजारौ सपना बोकेर वैदेशिक रोजगारमा गएका नेपालका युवायुवतीहरुको सपना विदेशमै तुहिने गरेको छ । परिवारलाई अलिकति भएपनि आर्थिक रुपले माथि उकास्ने उद्देश्यका साथ विदेश पलायन भएका कतिपयको अवस्था राम्रो भएको छ भने कतिपयको अवस्था दर्दनाक रहेको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com