आजको मध्यावधी चुनाव : न्युयोर्कमा कस्ले जित्ला ?


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

झण्डै २ करोड जनसंख्या भएको न्युयोर्कको मध्यावधी निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । न्युयोर्कबाट सिनेटमा २ वटा सिट रहेपनि आजको निर्वाचनमा एउटा सिटमा मात्र चुनाव हुँदैछ ।

न्युयोर्कलाई डेमोक्र्याटहरुको पकड क्षेत्रका रुपमा लिइदै आएको छ भने सन् २००२ यताका सबै १९ निर्वाचनमा डेमोक्रेटिक पार्टीले नै जित्दै आएको छ । तर यसपटकको चुनावमा फेरबदल आउने हो कि होइन भन्ने सन्दर्भ आम चासोको विषय बनेको छ ।

सिनेटर पदका लागि डेमोक्रेटिक उम्मेदवार क्रिस्टेन गिलिब्राण्ड र रिपब्लिकन उम्मेदवार चिला फार्ले भिड्दैछन् । गिलीब्राण्डले पूर्व न्युयोर्क डिस्ट्रिक्टबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी थिइन् भने ओबामाले हिलारी क्लिन्टनलाई विदेशमन्त्रीमा नियुक्त गरेपछि रिक्त सिनेटरको पदमा उनलाई नियुक्त गरिएको थियो । आजको चुनावमा उनले ६१ प्रतिशतले लिड गरेर चुनाव जित्ने प्रक्षेपण गरिएको छ ।

प्रतिनिधिसभा सदस्यहका लागि न्युयोर्कबाट २७ जना निर्वाचित हुँदैछन् । १ देखि २७ डिस्ट्रिक्टमा सबै क्षेत्रबाट डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले नै जित्ने प्रक्षेपण गरिएको छ । तर पनि डिस्ट्रिक्ट १, डिस्ट्रिक्ट ११, डिस्ट्रिक्ट २१ र डिस्ट्रिक्ट २३ मा रिपब्लिकनहरुको पनि बलियो उपस्थीति रहेको छ ।

त्यस्तै गभर्नर एन्ड्रिउ कुमो पुन गर्भनर पदका लागि भिड्दैछन् । उनले चुनाव जित्ने सम्भावना ९९ प्रतिशत रहेको पक्षेपण गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com