सर्लाहीबाट आयो डरलाग्दो खबर …पूरा हेरि सक्दो शेयर गरौ


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

नेपाली काँग्रेस सर्लाहीले आइतबार सर्लाही जिल्ला बन्द गरेको छ । बन्दको आंशिक असर परेको छ ।

रामनगर गाउँपालिका स्थित आफ्ना कार्यकर्ताको हत्या र र ७ जना घाइते भएको घटना प्रति सरकारले वास्ता नगरेको भन्दै आइतबार सर्लाही जिल्ला बन्द आह्वान गरेको हो । सर्लाहीको सदरमुकाम मलंगवाबाहेक अन्यत्र बन्दको असर परेन ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वा गाउँमा एक कार्यकर्ताको हत्या र आधा दर्जन भन्दा बढी घाईते भएको घटनाप्रति सरकारले उदासिनता देखाएको भन्दै काँग्रेसले विरोधस्वरुप आइतबार बन्द आव्हान गरेको हो ।

घटना भएको एक साता वित्दा पनि सरकारले माग प्रति वेवास्ता गरेकाले पार्टीद्वारा पूर्वघोषित कार्यक्रम अन्तर्गत आईतबार सर्लाही जिल्ला बन्दको घोषणा गरेको नेपाली काँग्रेसबाट निर्वाचित क्षेत्र नं. ४ का संघीय सांसद अमरेशकुमार सिंहले जानकारी दिए ।

काँग्रेसका कार्यकर्ताले ११ बजेदेखि १२ बजेसम्म १ घण्टा नवलपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । सो राजमार्गमा गरेको अवरोधका कारण दर्जनौं सवारी साधन तथा सैकडो यात्रु अलपत्र परेका थिए ।

गत सोमबार घरबाट कार्यालय जाँदै गर्दा बाटोमा रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतोलाई सत्तारुढ नेकपाका कार्यकर्ताहरुले कुटपिट गरी गम्भिर घाइते बनाएको काँग्रेसको दावी छ । सो

घटनाको भोली पल्टै नेकपा र काँग्रेस कार्यकर्ता विच झडप हँुदा वडाअध्यक्ष महतोका काका रामविलास महतोको गोली लागि मृत्यु भएको थियो ।

उनलाई नेकपा कार्यकर्ताले गोली हानेको काँग्रेसको दावी भएपनि नेकपाले त्यसको खण्डन गर्दै आएको छ ।

काँग्रेसले मृतकलाई शहिद घोषणा, घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतीपूर्ती, दोषिलाई तत्काल कडा कारवाही लगायत ४ सुत्रीय माग सहित गत बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह मन्त्रालयलाई ज्ञापत्र पत्र पठाएको थियो । अस्पतालमै शव गोली लागि मृत्यु भएका ५५ वर्षीय रामविलास महतोको शव एक साता वित्न लाग्दा पनि जिल्ला अस्पतालको शवगृहमै छ । पार्टीको माग पूरा नहुञ्जेलसम्म शव नउठाउने काँग्रेसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com